एसिड प्रहार गर्ने भारतीय नागरिकलाई ८ बर्ष कैद सजाय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई ८ बर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा अन्तरगत केशरीलाई ८ बर्ष कैद र १ लाख रुपैंया जरिवानाको फैसला गरेको हो ।
अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैंया क्षतिपूर्ति भराउने आदेश गरेको छ।
एसिड हान्नका लागि सहयोग गरेको भन्दै अदालतले सहयोगी सञ्जयकुमार मण्डललाई २ बर्ष ६ महिना कैद सहित ४० हजार रुपैंया जरिवानाको फैलसा गरेको छ ।

कार्तिक १४ गते पक्राउ गरिएका केशरीलाई कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको थियो । केशरीलाई पक्राउ गरेको १० दिनपछि अर्का अभियुक्त मण्डललाई पनि पक्राउ गरिएको थियो । भारतीय नागरिक भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीले कंसाकारलाई २०७० साल बैशाख ९ गते कंसाकारको पसलमा गएर एसिड प्रहार गरी फरार भएका थिए ।

एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पक्राउ गरिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *