•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हालै सम्पन्न एसईई परीक्षामा विधार्थीहरुलाई कम नम्बर दिएको आरोपमा सिन्धुलीमा हेड मास्टर सहित दुई जना शिक्षक विधार्थीहरुबाट कुटिएका छन् ।सिन्धुली जिल्लाकोे सुनकोसी गाउपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएको भन्दै सो विधालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई मरणासन्न हुनेगरी कुटेका हुन् ।

कोरोना भाइरसको महामारीका कारणले आन्तरिक मुल्यांकनका आधारमा लिईएको परीक्षामा शिक्षकहरुले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासी प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीलाई कुटेको सो विधालयका अर्का शिक्षक झलकप्रसाद दाहालले बताए ।

आज विधायको समयमा एसइइमा कम नम्बर प्राप्तगर्ने तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई लछार पछार पार्दै मररणासनन हुनेगरी कुटपिट गरेका हुन् ।विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ । भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ ।
कुटपिट गर्ने विधाथर््हरुको एसइइ रिजल्टमा सी ग्रेड प्राप्त भएकाले उच्च शिक्षामा विज्ञान विषय अध्धयन गर्नबाट भने बंचित भएका हुन् ।कुटाईखाने प्रधानाध्यापक र शिक्षकको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ ।

विद्यार्थीहरुले शिक्षकहरुलाई कुटपिट गरेपछि शिक्षक,कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनै मध्येका तीनजनाले कुटपिट गरेका हुन् ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *