एम्बुलेन्स समेत चल्न नसक्ने दोलखाका सडक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एम्बुलेन्स समेत चल्न नसक्ने गरि सडक हिलाम्मे र धुलाम्मे भएको भन्दै नागरिकहरुले तत्काल सडक बनाईदिन गाउँपालिका लाई आग्रह गरेकाछन ।

दोलखाको मेलुङ गाउँपालिको कार्यालय जाने प्रमुख बाटो सडक दुरदर्शा देख्दा समेत पून निमार्ण गर्न सरोकारवालाहरुको चेत नखुलेको भन्दै स्थानियहरुले आग्रह गरेका हुन ।

बिरामीहरुलाई मोटरसाईकलमा लिएर अस्पताल पुराउन खोज्दा हिलाम्मे सडकका कारण बिरामीलाई छोडेर मोटरसाईकलाई नै बोक्नु पर्ने अबस्था झेलेको स्थानिय वासीहरुको बताउछन । सुत्केरी लाई समयमै अस्पातालमा पुराउन सकेका छैनौ । स्टेचरमा बिरामी बोकेर हिड्न पनि नसक्ने सडकहुदै समेत जनप्रतिनिधिहरु कानमा तेल हालेर बसेकाछन ।

मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठलाई पटक पटक टेलिफोन सम्पर्क गर्दा पवटी हुदै गाउँपालिकाको कार्यालय जाने सडक निमार्ण गर्न चासो नदेखाउदा अन्य नागरिकले सास्ती बेहोर्नु त परै जाओस बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अबस्था आएको छ । जनप्रतिधिले बोलेको पुरा नगर्दाको परिमाणका कारण पिडा नागरिकले भोग्नु परेकोछ ।

भिमेश्वर नगरपािलका ५ को तामाकोशी बजारबाट करिब दुइ किलोमिटर पार गरेपछि आउने मेलुङ गाउपालिका १ पवटीको अधेरी खोला बाटै सडकको अबस्था दयानिय छ । यहाँका नागरिकको पिडा स्थानिय सरकारका प्रतिनिधिहरले सुने पछि गाउँको सिंहदबारमा होइन संघिय सरकारकै सिंहदबारमा जान बिकल्प अरु केही नभएको स्थानियको गुनासो रहेकोछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *