एमसिसी चिनलाई सिध्याउने रणनिती : गृहमन्त्री रामवहादुर थापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रामवहादुर थापा वादलले एमसिसी चिनलाई सिध्याउने रणनिती भएको वताएका छन् । आईतवार जिल्ला प्रशासन कार्यलय पर्वतको भवन उद्घाटन गर्न पर्वत आएका गृह मन्त्री थापाले अमेरिकाले सहयोगको नाममा नेपालमा ५० करोड अमिरिकी डलर अनुदान दिएर नेपाललाई चिन सिध्याउने रणभुमी वनाउन खोजीएको भन्दै संसोधन विना कुनैपनी हालतमा पास नहुने बताएका हुन ।

नेपाल कम्युनिष्ट पार्टीकार्यलयमा आयोजीत कार्यक्रममा अमेरीकाले नेपालमा विकास गरीदिन अनुदान सहयोग नगरेको भन्दै आफ्नो र्वशच्व जमाउन र साम्राज्यवाद विस्तार गर्न कै लागी एमसिसी आयोेजना अगाडी वढाएको थापाले बताएका हुन ।

मन्त्री थापाले इन्डो प्यासेफिक चिनलाई घेरावन्दी गर्ने र विश्व जगतमा चिन लाई १ नम्वर शक्तिशाली मुलुक हुन नदिने नीति भएको वताउँदै एमसिसी इन्डो प्यासेफिककै मातहत भएको वताए । चिन आसपासका छिमेकी मुलुकहरुलाई कुनै न कुनै किसिमवाट प्रभाव पार्ने र आफ्नो सैन्य देखी कानुनी तथा नीतिगत रुपमा छत्रछायाँमा पारी चिनमा प्रहार गर्ने दीर्घकालिन योजना एमसिसी भएको थापाको भनाई थियो ।

निवर्तमान सञ्चारमन्त्री गोकुल वास्कोटा प्रकरण, वालुवाटार ललितानिवास प्रकरण लगायतका विभिन्न मुद्दाहरुमा विभिन्न व्याक्तिहरुको नाम झुण्डिएकोले सिङ्गो पार्टीको छवीमा आँच आएकोमा दुख व्यक्त गर्दै छानविन प्रकृया वाट सत्यतथ्य वाहिर आउने थापाले बताएका हुन ।

प्रशासन भवनको उद्घाटन गर्दै उनले नागरिकको हित बमोजिम छिटो र तीब्र गतिमा काम गर्न कर्मचारीलाई निर्देशन दिए । जिल्ला प्रशासन जिल्लाको शान्ति सुरक्षाको व्यवस्था गर्न चुक्न नहुने भन्दै नागरिकलाइ्र्र शान्ति प्रत्याभूति दिलाउने गरी काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।जिल्ला प्रशासन भवन ६ करोडको लागातमा निर्माण भएको हो । वर्ष दिन अघि ेदखी नयाँ भवनबाट प्रशासनले सेवा संचालन गरेपनि अपाङ्गगता मैत्री नभएको सरोकारवालाहरुले गुनासो गरेका छन्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *