एभिसी सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन ‘एभिसी’ सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज ढाकामा भएको खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सेटमा हराएको हो । जितसँगै नेपालले दुई खेलमा छ अंक जोडेको छ । पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पनि सोझो सेटमा हराएको थियो । नेपालले भोली बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *