एभिन्युज सम्वाददाता राजन रौनियार सहित २४ जना सन्चारकर्मी समानित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बिरगंज , भदौ २७
भाईजान्स अफ बिरगंज सस्थाले पर्सेली पत्रकारलाई सम्मान गरेको छ ।शनिबार नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मान समारोह कार्यक्रमको आयोजना गरि सम्मान गरेको थियो ।

बिरगंज लगायत बिश्वमा कोभिड- १९ भाईरसको महामारीले त्रशीत भएको अवस्थामा पनि पर्सेली पत्रकारहरुले आफ्नो ज्यानको प्रवाह नगरी फ्रन्ट लाईनमा रहि सत्यतथ्य समाचार सम्प्रेषण रिपोर्टिङ गरि सम्पुर्णमा सहयोग र योगदान दिदै आईरहेका त्यस्ता पत्रकारलाई थप हौसला बढाउन र जिम्मेवारी पुर्वक काम गर्न योगदान पुर्याउने मद्दत पुग्ने भएकोले दोसल्ला ओढाई प्रशन्सा पत्र सहितले सम्मान गरिएको भाईजान्स अफ बिरगंजका अध्यक्ष नौसाद अन्सारीले बताए।

सम्मानित हुनेमा नेपाल पत्रकार महासघ प्रदेश न २ का अध्यक्ष दिपेन्द्र चौहान , उपाध्यक्ष केसि लामिछाने , पर्साका अध्यक्ष श्याम बन्जरा , बिबिसी नेपाल बिरगंजका सम्बादाता माधुरी महतो, रेडियो बिरगंजका बिमला गुप्ता , राजधानी दैनिकका बिजय भन्डारी , एभिन्युज खबरका राजन रौनियार , नेपाल टेलिभिजनका नेहाल खान , कान्तिपुर दैनिकका भुषण यादव , जनउता टेलिभिजनका सन्जिब मिश्र , रातो पार्टीका अमित अग्रवाल , न्युज २४ का जाकिर हुसेन , अन्कुश दैनिकका संतोषमान रन्जितकार , पर्सा पोस्टका प्रकाशक अजित कुमार भुजेल , न्युज प्वाईन्टका मन्सुर खान , बिरगंज सन्जालका कृष्णा श्रीवास्तव , प्रहार डेलि डट कमका राहुल गुप्ता , सान्भी एफएमका हेमन्त तामाङ, सजाद हवारी लगायत २५ जना पत्रकारलाई सम्मान गरिएको भाईजान्स अफ बिरगंजका सचिव जुनेद अहमदले जानकारी दिए ।

त्यसै गरि भाईजान्स अफ बिरगंजले यश अघि कोभिड -१९ कोरोना भाईरसमा आफ्नो परिवार र आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र कोरोना संक्रमितहरुको सेवा गर्दै आईरहेका बिरगंजका चिकित्सक , स्वास्थ्यकर्मी र सफाईकर्मीलाई पनि सम्मान गरेको थियो । भाईजान्स अफ बिरगंज छोटो समयमा नै समाजिक कार्यमा धेरै काम गर्दै आईरहेको सस्था हो।

भाईजान्स अफ बिरगंजका अध्यक्ष नौसाद अन्सारीको अध्यक्षतामा र नेपाल पत्रकार महासघ प्रदेश न २ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मान समारोहमा बिशिस्ट अतिथि प्रदेश न २ का उपाध्यक्ष केसि लामिछाने , पर्साका अध्यक्ष श्याम बन्जरा , भाईजान्स अफ बिरगंजका उपाध्यक्ष साहिब खान, सचिव जुनेद अहमद , सल्लाहकार जब्बार अन्सारी , सदस्य रोशन जंग बहादुर , अख्बर मन्सुरी , अक्रम हुसेन , गुलसन यादव लगायतकाको सहभागीता रहेको थियो ।

कार्यक्रम संचालन भाईजान्स अफ बिरगंजका सदस्य साहिब अन्सारीले र धन्यवाद ज्ञापन ईजाज अख्तरले गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *