एनसेलले ल्यायो (पे एज यू गो )अर्थात ४० पैसा प्रति एमबी सम्ममा डेटा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि साप्ताहिक पे एज यू गो योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रति एमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् । यो योजना बुधबारबाट लागु भएको छ । पे एज यू गो अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी कर बाहेक रु २ मा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको हो । यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ ।

साप्ताहिक चक्रमा हरेक हप्ता आइतबार देखि शनिबार सम्ममा ग्राहकले पे एज यू गो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ । सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरु सबै भन्दा राम्रो विकल्प भए पनि, यस योजनाले कुनै डेटा प्याक सुचारु नगरी पेएजयूगोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *