एनसेललाई २२ अर्ब ४४ करोड कर तिर्न १५ दिनको समय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – लामो समयको विवाद पछि एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गर्दै १५ दिन भित्र कर तिर्न ठूला करदाता कार्यालयले पत्र काटेको छ ।

कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्र्नुपर्ने भनी पत्राचार गरेको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बझाउन पत्राचार गरी सकेको थियो ।

ठूला करदाता कार्यालयले निर्धारण गरेको करको विरुद्ध एनसेलले सर्वोच्चमा मुद्वा दायर गरेको थियो । अदालतले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० ९क० बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरिदियो थियो।

एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम भयो । फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने फैसला भएको थियो । त्यसै अनुसार ठूला करदाता कार्यालयले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरि पत्राचार गरेको जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *