एनआरएनए निर्वाचन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि केहि ढिलाई गरि मतदान सुरु भएको हो । आगामी दुई वर्षका लागि कुमार पन्त र कुल आचार्यको प्यानल चुनावी मैदानमा उत्रिएका छन् । ४ जना उपाध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापा प्रतिस्पर्धामा छन् । महासचिवमा जानकी गुरुङ र हेमराज थापाको उम्मेदवारी परेको छ । दुई जना सचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा तीन जना प्रतिष्पर्धामा छन्। सोमनाथ सापकोटा, महेशकुमार श्रेष्ठ र सुदन थापाको कोषाध्यक्षमा उम्मेदवारी परेको छ ।

महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु र संगीता मरहट्टा उम्मेदवार छन्। युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीबीच मतदान हुने भएको छ। अफ्रिकाको क्षेत्रीय संयोजकमा रोशन थापा निर्विरोध चयन भएका छन् । अफ्रिकाक्षेत्रको महिला संयोजकमा मनकला थापा विष्ट उम्मेदवारी छिन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *