एक वर्ष भित्र पार्टीलाई सम्पूर्ण जनताको एक मात्रै पार्टी बनाउने दहालको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले एक वर्ष भित्र पार्टीलाई सम्पूर्ण जनताको एक मात्रै पार्टी बनाउने दावी गर्नु भएको छ ।

अध्यक्ष दाहालले पार्टीलाई सम्पूर्ण जनताको एकमात्रै पार्टी बनाउन देशभर अभियान संचालन गर्ने घोषणा पनि गर्नु भयो । त्यसका लागि केन्द्रिय कार्य समितिको बैठक तत्काल बोलाएर आवश्यक योजना तथा कार्यक्रम तय गर्ने अध्यक्ष दाहालको भनाई छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी सम्पर्क समन्वय कमिटीको भेलामा बोल्दै उहाँले पार्टीे सिंहको झैं गर्जन लिएर देशव्यापी अभियानमा जाने तथा आम कार्यकर्ता र जनतासँगको सम्बन्धलाई बलियो बनाउने गरी अभियान नै संचालन गर्ने पनि बताउनु भयो ।

अध्यक्ष दाहालले दश लाख कार्यकर्तालाई लिएर देशभर पार्टीले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुने चेतावनी पनि दिनु भयो । अध्यक्ष दाहालले एक वर्षयता पार्टीका करिव १० लाख कार्यकर्ताले काम नपाउँदा ठूलो क्षति व्यहोर्नु परेको भएपनि अव पार्टी कामले गति लिने दावी पनि गर्नु भयो ।

अध्यक्ष दाहालले पार्टीले आगामी दिन चलाउने अभियानमा एक मन, एउटै विचारका साथ अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *