एक बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा पैसा नलाग्ने
अब एक बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा कुनै चार्ज नलाग्ने भएको छ। कोरोना भाइरसको महामारी रहुन्जेल एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको हो।
नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।