एक प्रधानाध्यापक र १० जना नेपाली सेनामा कोरोना देखियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महोत्तरी जिल्लामा बुधबार एक प्रधानाध्यापक र १० जना नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको छ ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार नेपाली सेनाको रणभीम गण परिकौलीमा कार्यरत १० जना नेपाली सेनामा कोभिड–१९ को संक्रमण देखिएको छ । त्यस्तै सदरमुकाम जलेश्वरमा अवस्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापकमा समेत कोरोना पोजेटिभ देखिएको उनले बताए ।

प्रदेश नं.२ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले आज जारी गरेको कोरोना परीक्षण नतिजामा महोत्तरीका १० जना नेपाली सेना र एक जना प्रधानाध्यापक कोरोना संक्रमित रहेको जनाएको छ ।दुई दिनअघि गरिएको स्वाब संकलनको परीक्षण पश्चात आज उनीहरुमा कोरोना पोजेटिभ देखिएको प्रजिअ कटुवालले बताउनुभयो ।

पिपरा आइसोलेशन र कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाको सूरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो । संक्रमित नेपाली सेनाका सूरक्षाकर्मीहरुलाई नेपाली सेनाको मध्यपूर्वि पृतना किसाननगरमा राखिएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *