एक एक गरि खुल्दै छ रौतहट बमकाण्डका पीडितले बयान फेर्नुको कारण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नरसंहारी बमकाण्डका मुख्य योजनकार मोहम्मद अफ्ताब आलम कारबाहीको दायरमा आउनै लाग्दा पीडित पक्षले धमाधम बयान फेर्दै जानुको कारण खुलेको छ ।

आलाम पक्षले पीडितलाई पक्षलाई प्रलोभन र धम्की दिई बयान फेर्न लगाएको कुरा पत्ता लागेको हो ।रौतहट बम काण्डका आरोपी मोहम्मद अफ्ताब आलम पक्षले बम विष्फोटमा परी घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएसँगै आलम पक्षले पीडितलाई धम्की दिई बयान फेर्न लगाएको खुलासा भएको हो ।

उनी मात्रै नभई यस अघि खातुनकी बुहारीले पनि बयान फेरेकी थिइन् ।

तरुण दल रौतहटका अध्यक्षले चामरलाई केही दिन अगाडि भारत सीतामढीकै मुसाचौकस्थित घर भएका आलमका सम्धी शिवहर विधानसभा क्षेत्रका विधायक सरफुद्दिन सेखको घरमा बन्धक बनाइ राखेका थिए ।

त्यसैसमय विधायक सरफुद्दिन र उनका मानिसहरुले उनलाई ‘तिमीलाई जति पैसा चाहिन्छ दिउँला, तर अदालत गएर बयान फेर’ भन्दै आधार कार्ड लिइ एउटा लिखित कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाएको खुलासा भएको छ ।

त्यति मात्रै नभई चमारलाई ज्यान लिनेसम्मको धम्की दिँदै ‘तिमी अदालतमा गएर बम बिस्फोटमा नभइ स्टोभ पड्केर जलेको भनी बयान दिनु’ अहराएका पनि थिए ।

साथै, उनीहरुले चामरलाई धम्की दिँदै आफूहरुले भनेजस्तो नगरे परिवारलाई पनि ‘नराम्रो’ हुने चेतावानी दिएका थिएको खुलासा भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *