एकै परिवारका ८ जनामा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सन्धिखर्क नगरपालिका वडा नम्वर १ मा एकै घर परिवारका ८ जनामा कोरोना सक्रमण भएको छ । शितगंगा नगरपालिका ७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका बिशाल खड्काको परिवारका ८ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाई र २ बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए ।

अर्घाखाँचीमा आज थप ३४ जना कोरोना संक्रमित बिरामी थपिएका छन् । प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा समुदाय स्तरका ३४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यलयका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।

यो संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ सय ८६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९० रहेको छ । कोरोनाका कारण ४ जनाको ज्यान गएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *