एकरातीमा संसारमा सबैभन्दा बढी बोकाको वलीे दिईने राजदेवी मन्दिर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा वलि चढाउने काम सम्पन्न भएको छ । गएराती १४ हजार ३ यस ६६ बोको वलि चढाइएको छ ।

यो मन्दिरमा गतवर्ष १४ हजार ९सय ९७ बोकाको वलि दिइएको थियो । गतवर्ष भन्दा यसपाली ६ सय ३१ बेकाको कम वलि दिइएको छ । राती ८ बजेदेखि शुरु भएको वलिप्रदान कार्यक्रम विहान ३ बजेर ३२ मिनेटसम्म चलेको थियो । महाअष्टमी रातीमा राजदेवी मन्दिरको प्रागंणमा प्रत्येक वर्ष वलिप्रदान हुने परम्परा रहेको छ । एकरातीमा संसारमा सबैभन्दा बढी बोकाको वलीे राजदेवीमा दिइने गरिन्छ । राजदेवी मन्दिरका महन्थ राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको वलि दिइने राजदेवीको परम्परा रहेको बताए ।

वलि प्रदान गर्न १००जना युवा सहभागी थिए । बली प्रदानमा सहभागी रहेका राम युवा कमिटीका पूर्व अध्यक्ष सोहन ठाकुरले माताको कृपाले मात्रै यत्रो बली प्रदान सम्भव हुने गरेको बताए । एकातिर वलीप्रदानको १४ हजार भन्दा बढी भइरहेको छ भने बोकाको कारोवारपनि जनकपुरधाम क्षेत्रमा त्यही रुपमा बढी रहेको छ । तर अहिलेपनि खपतहुने बोका मध्ये ५० प्रतिशत बोका वलीप्रदानको वेला भारतबाट किनेर ल्याउने गरिन्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *