एउटै कुकुरले टोकेका १२ जनामध्ये तीनजनाको मृत्युपछी सिङ्गो गाउँ त्रसित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दोलखाको मेलुङ गाउँपालिकामा गत असारको २६ गते एउटै कुकुरले टोकेका १२ जनामध्ये तीनजनाको मृत्यु भएपछी सिङ्गो गाउँ नै त्रसित बनेको छ।कुकुरको टोकाइले दिनप्रतिदिन अस्वस्थ हुदै गएपछि आफ्नै एम्बुलेन्स मार्फत टेकु लगेको टेकुले लिएन त्यसपछि वीर हस्पिटल त्यहा पनि नभएपछि काठमाडौंको पाटन अस्पतालमा उपचार गराइरहेका मेलुङ– ६ गैरागाउँका ३१ वर्षीय रामचन्द्र भण्डारीको रेबिज संक्रमणकै कारण मृत्यु भएको गाउँपालिका ६ का वडा अध्यक्ष कुसुम लामाले बताउछन।

त्यस्तै सोही दिन कुकुरले टोकेर घाइते भएका बैतेश्वर गाउँपालिका– ६ नाम्दुका सात वर्षीय बालक कुशल नेपालीको असार २८ गते मृत्यु भइसकेको र उनी मेलुङ मामाघर आएको अध्यक्षले लामाले भनाइ छ। त्यस्तै मेलुङ– ५ सुँगुरेनिवासी १५ वर्षीय सुरेश विकको समेत मृत्यु भइसकेको छ ।

उनीहरू तीनैजना रेबिज सङ्क्रमित नै प्रमाणित भइसकेको मेलुङ गाउँपालिकाका प्रबक्ता हिरा थोकर बताउछन।गाउँपालिकाले कुकुरले टोकेको घटना भइसकेपछि त्यतिबेला सबै जनालाइ रेबिज बिरुद्धको सुइ लगाउन सल्लाह दिएको तर एउटा स्थानिय मेडिकलमा उपलब्ध भएको भ्याक्सिन प्रभावकारी नभएको र बिबिध कारणले त्यसले काम नगरेको कारण अहिले गाउँपालिकाले टेकु अस्पताल र स्वास्थ्य बिभाग बाट बिशेश टोलि बोलाएर भ्याक्सिनको पनि अनुसन्धान गर्ने र अरु कुकुरले टोकेकालाइ द्रुत गतिमा उपचार गर्ने र सो परिवारको कन्ट्र्याक्ट ट्रेसिङ गरि सम्पर्कमा रहेका सबैजनालाइ भ्याक्सिन लगाउने काम भइरहेको प्रबक्ता ठोकर भनाइ छ।

कुकर टोकेपछी २९ गते लगाउनु पर्ने खोप ३० गते लगाएको र अर्को चरणमा टोकेको मितिले १ गते लगाउनुपर्ने तर स्थानिय मेडिकलले ३ गते भ्याक्सिन लगाएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका खोप अधिकृत तुलसि सुबेदिको भनाइ छ।ट्याम्पेचर मेन्टेन नभएका कारण भ्याक्सिनले काम गर्नु पर्ने त्यति काम गर्न नसकेको र केन्द्र को विशेषज्ञ टोलि र जिल्लाको टोलि बसेर छलफल गरि यो भ्याक्सिनले मान्ने कि नमाने कसरी खोप लगाउने भन्ने छलफल भैरहेको सुवेदी को भनाइ छ।

सबैभन्दा पहिले टोकेको ८ बर्षको बच्चा अलि सङ्क्रमित हुनुपर्नेमा पछि टोकेको ब्यक्ती मृत्यु भएको र रेबिज लागेको कुकुर ले पहिले टोकेको बच्चा जस्ता अलि सङ्क्रमित हुनुपर्नेमा अर्को ब्यक्तिको मृत्यु हुनु चिन्ताको विषय भएको र बच्चाको बिशेष निगरानिमा राखेर अनुसन्धान भइरहेको सुवेदी बताउछन।

आफन्त र स्थानीयले आन्दोलन गर्दै भ्याक्सिनबारे अध्ययन गर्न माग गरेपछि बुधबार प्रहरीले मेडिकल सञ्चालक कृष्णकुमार कार्कीलाई नियन्त्रणमा लिइसकेको छ। १२ जनालाई एकैदिन टोक्ने कुकुरलाई भने स्थानीयले असार २७ गते नै मारेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *