उल्भ्सले युरोपा लिग सम्भावनालाई कायमै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

इङलिस प्रिमियर लिग क्लब उल्भ्सले युरोपा लिग सम्भावनालाई कायमै राखेको छ । गएराति क्रिस्टल प्यालेसबिरुद्ध २–० को सहज जित निकाल्दै उल्भ्सले शिर्ष छ मै रहने सम्भावना कायम राखेको हो । उल्भ्सका लागि क्यास्टेलो पौडेन्स र कास्ट्रो ओटोले एक–एक गोल गरे ।

जीतसँगै उल्भ्सले टोटेनह्यामलाई पछि पार्दै छैटौं स्थानमा उक्लिएको छ । आईतबार चेल्सीबिरुद्ध हुने लिगको अन्तिम खेलले युरोपा लिगमा उल्भ्सको यात्रा हुने नहुने तय गर्नेछ । छैटौ स्थानको उल्भ्सले ५९ अंक जोडेको छ । उल्भ्स सातौ स्थानको टोटेनह्याम भन्दा एक अंकले मात्र अघि छ ।

क्रिस्टल प्यालेस ४२ अंक सहित १४ औं स्थानमा रहदै शीर्ष डिभिजनमा अडिने पक्का गरिसकेको छ । अर्को खेलमा एभर्टनले सेफिल्ड युनाईटेडलाई १–० ले हरायो । ब्राइटन र न्युक्यासलले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन । दुवै टोलीले यस सिजन प्रिमियर लिगमै अडिने निश्चित गरेका छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *