उप–प्रमुख सत्यालद्धारा फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी र कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ललितपुर – ललितपुर महानगरका स्वास्थ्यकर्मीहरुका लागि होम नेट नेपालले व्यक्तिगत सुरक्षा उपकरण(एएभ्)सेट उपलब्ध गराएको छ । अग्रभागमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि होमनेटले उक्त पिपिई सेट उपलब्ध गराएको हो । होमनेटले आइतवार महानगरपालिकालाई ३३० थान पिपिइ सेट उपलब्ध गराएको हो । होमनेटका कार्यकारी निर्देशक ओम थपलियाले उक्त पिपिई सेट ललितपुर महानगरपालिकाकी उप–प्रमुख गीता सत्याललाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री बुझ्दै महानगरपालिकाकी उप–प्रमुख सत्यालले महानगरका उक्त समाग्री कोरोना महामारीमा फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई वितर गर्ने बताइन् ।

सत्यालले स्वास्थ्य सामाग्री उपलव्ध गराएकोमा होमनेटलाई धन्यवाद दिदै सवैलाइ सुरक्षित साथ काम गर्न आव्हान गरिन् । उनले भनिन्, ‘स्वास्थकर्मीहरुका लागि अत्यन्तै चुनौतीपूर्ण समय छ । तसर्थ सुरक्षाका उपायहरु अवलम्बन गरेर सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुपर्ने अवस्थामा होमनेटले स्वास्थ सुरक्षाका सामाग्री प्रदान गरेर महत्वपूर्ण योगदान पु¥याएको छ ।’

पिपिइ सेट हस्तान्तरण गर्दै होमनेटका कार्यकारी निर्देशक ओम थपलियाले आगामी दिनहरुमा पनि ललितपुर महानगरपालिकासंगको सहकार्यमा कोरोना भाइरस (कोविड १९) संक्रमणबाट जोगिन र जोगाउनका लागि हुने आपतकालीन प्रतिकार्य र राहातका कामहरु गर्ने वताए ।
होमनेट नेपालले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री बुझ्ने कार्यक्रममा ललितपुर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, जिन्सी शाखा प्रमुख सागर थापा, जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनलगायतका कर्मचारीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *