उपेन्द्र यादवले दिए प्रदेश २का मुख्यमन्त्रीलाई चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाराको महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पार्टीको राजनिति बन्द गर्न चेतावनी दिएका छन ।

गढिमाई सञ्चालन तथा विकास समितिले आयोजना गरेको सधारण सभामा मुख्यमन्त्री आफना पार्टीगत दलबलका साथ आएर स्थानिय तहका अधिकार बारे नबोली आफनो काम कर्तव्य बाहिर गएर पार्टीको हकहित बारे बोलेको विरोधमा पत्रकार सम्मेलन गरि नगरप्रमुख यादवले राजपा सरकारलाई स्थानिय ऐन प्रष्ट पढन सुझाएका थिए ।

मुख्यमन्त्रीले कुनै देशी विदेशी शक्तिसँग परिचालन भई गढीमाई मेलालाई विवादित बनाएर मेलालाई समाप्त पार्न खोजेको र यस कार्यको नगरपालिकाले कानुनी दायरामा रहेर विरोध गर्ने यादवले बताए। एनजिओको साधारणसभामा आएर विधानको व्याख्या गर्ने तर एक पटक पनि संविधानको बारेमा आवाज नउठाउनुले संविधानलाई मुख्यमन्त्रीले स्विकार्य नगरेको जस्तो देखिएको आरोप यादवे लगाए ।

स्थानीय सरकारलाई काम गर्न नदिने, ऐन नियमको अधिनमा रहेको सिडिओ र एसपीले गढिमाई सञ्चालन तथा विकास समितिलाई सहयोग नगरे कारवाही गर्ने सार्वजनिक कार्यक्रममा बोल्नु पदिय मर्यादा बिपरित भएको यादवले बताए ।

सम्पुर्ण सँघसंस्थलाई सहयोग गर्न अहवान समेत गरेका छन । मंसिर १ गते देखि लाग्ने पञ्चवर्षिय मेलामा १ करोड भक्तजनहरु देश विदेशबाट आउने अनुमान गरिएको छ । मेलालाई सभ्य र व्यव्िस्थत बनाउन नगरपालिका दुई महिना अगाडि देखि मेला समिति गठन गरि तयारी तिव्र पारेको छ । मसिर १७ र १८ गते बलि दिईने छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *