उपेन्द्र यादवको दोहोरो चरित्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संविधान संशोधनका माध्ययमबाट मधेशी, दलित, अल्पसंख्यक, आदीवासी र जनजातिका समस्याहरुलाई संबोधन नगर्दा सम्म वर्तमान संविधान सर्वस्वीकार्य हुन नसक्ने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

नेपालको संविधानलाई स्वीकार गरेर पटक पटक मन्त्री भएका यादवले समाजवादी पार्टी कपिलवस्तुले जिल्लाको मायादेवी गाउंपालिकाको पकडीमा आयोजना गरेको आम सभालाई सम्वोधन गर्दै संविधानलाई संशोधन गरी असन्तुष्ट पक्षको मागलाई सम्वोधन गरी यो संविधानलाई मुलुकका सवै जनताको साझा दस्तावेज बनाउन नसकिए यसको कुनै भविष्य नरहने दावी गरेकाछन ।

सरकार गठनका बेला संविधान संशोधनका विषयमा सहमति भई सरकारमा आफुहरु सहभागी भए पनि संविधान संशोधनको कुनै लक्षण नदेखे पछि आफुहरु सरकारबाट बाहिरिएको नेता यादवले दावीपनी गरेकाछन ।संसारकै उत्कृष्ट भनिएको २०४६ सालको संविधान कुनै संशोधन नै नभई अस्तित्व विहिन वन्न पुगेको स्मरण गर्दै नेता यादवले २ तिहाईको दम्भ लिएर अघि बढे केही समयको अन्तराल पनि नेपाली जनताले वर्तमान संविधानको औचित्य समाप्त पारिदिने बताए ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय नेताहरु दान बहादुर चौधरी, वकिल मुसलमान, मंगल प्रसाद गुप्ता, अशोक यादव, अब्दुल रसिद खां, सहसराम यादव लगायतका नेताहरुले संवोधन गरेका थिए ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *