उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने दलहरुको प्रतिवद्धता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने दलहरुको प्रतिवद्धता प्रमुख राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार निर्वाचन आयोगले गरेको छलफलमा विभिन्न १७ दलका प्रतिनिधिले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनको समयमा आचार संहिता पालनाको विषयमा छलफल गर्न आयोगले सरकार र विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो । उहाले निर्वाचन आचारसंहित नै उलंघन नहोस भन्ने आयोगको चाहना रहेको जिकिर गर्नुभयो ।

छलफलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले छलफलमा दलहरुले हस्ताक्षर सहित गरेको प्रतिबद्धताहरु सार्वजनिक मिडिया मार्फत सार्वजनिक गर्न आयोगलाई निर्देशन दिनुभयो । उहाँले दलहरुले सार्वजनिक रुपमा गरेको प्रतिबद्धता नै कानुनी प्रतिबद्धता समेत भएको बताउनुभयो । मन्त्री पोखरेलले आचारसंहिता पालना गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै निश्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताउनुभयो ।

छलफलमा सरकारका तर्फबाट सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महासचिव विष्णु पौडेल, लगायत नेपाली कांग्रेसका तर्फबाट नेता एनपी साउद लगायतको सहभागिता रहेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ७६ दलले र स्थानीय तहको उपनिर्वाचनमा ७८ दलले सहभागीता जनाउँदैछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *