उपत्यकामा ९८ जना कोरोना संक्रमित थपीए,मृत्युहुनेको सख्या १०२ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप तीन जनाको मृत्यु भएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ४६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ भने मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

शनिबार काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले ८,१९३ जनामा सक्रिय सङ्क्रमित रहेको बताए । शनिबार थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म १७,२०१ जना भाइरसमुक्त भएका छन् ।

त्यस्तै पर्सा, धनुषा र कपिलबस्तुमा एक–एक जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुष र धनुषा जिल्ला जनकनन्दन गाउँपालिकाका ५० वर्षका पुरुषको मृत्यु भएको गौतमले जानकारी दिए ।

हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा छन् । देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन् भने ५ सय २३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *