उपत्यकामा संक्रमितको सख्या बड्दो,काठमाडौमा १७७,भक्तपुरमा १४,ललितपुरमा ३३ जना संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा सोमबार थप ७४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ७४३ जनामा कोरोना देखिएको हो । संक्रमितहरुमा काठमाडौंका १७७ जना भक्तपुरमा १४ र ललितपुरमा ३३ जना रहेका छन् ।

त्यस्तै सोमबार १७५ जना डिष्चार्ज भएका छन् भने हालसम्म १८ हजार ८०७ जना डिष्चार्ज भएका छन् । हाल आइसियुमा १३८ जना रहेका छन् भने भेन्टिलेटरमा १५ जना रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।त्यस्तै नेपालमा थप ८ जना कोरोना संक्रमिको मृत्यु भएको छ । प्रवक्ता गौतमले सुनसरीका ६८ पुरुष, मोरङका ६५ बर्षिय पुरुष, पर्साकी ७० बर्षिया महिला, काठमाडौंकी ४८ बर्षिया महिला, रुपन्देहीका ६७ बर्षिया महिला र रुपन्देहीकै ३८, ५४ र ५३ बर्षिय पुरुषको मृत्यु भएको जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या १३,७१५जना रहेको मन्त्रालयले जनाएको छ ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *