उपत्यकामा बिहान ९:१५ बजेसम्म खाद्यान्न पसल खोल्न पाइने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं उपत्यका बिहान सवा ९ बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न पाइने भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको हो ।

किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनले भने, ‘औषधी पसलको हकमा भने कुनै रोकतोक छैन ।’

बिहान ७ बजे नै प्रहरीले पसल बन्द गराउन लगाएको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ ।

गत मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *