उपत्यकामा निषेधाज्ञा उलंघन गर्नेको संख्या बढ्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाका क्रममा उलंघन गर्नेको संख्या बढ्दै गएको छ ।

ट्राफिक महाशाखाका अनुसार दैनिक रुपमा निषेधाज्ञा उलंघन गर्ने मोटरसाईकल र चार पाङ्ग्रे सवारीसाधानको संख्या बढ्न थालेको हो । निषेधाज्ञाका क्रममा उलंघन गर्ने मोटरसाईकल र चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिने गरेको छ । त्यस्तै अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई सर्वसाधारणहरुलाई भने केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा बिहान ११ बजेसम्म खाद्यान्न, फलफूल, तरकारीलगायत अत्यावश्यक सेवाका व्यवसाययहरु सञ्चालन गर्न पाइने व्यवस्था छ , त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्न पाउने व्यवस्था छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *