उपत्यकामा थपिए ४२९ संक्रमित,१४ जनाको मृत्यु, देशभर १२२१ संक्रमित थपिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरि काठमाडौं उपत्यकामा हाल सम्मकै अत्याधिक ४२९ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको मन्त्रालयले बताएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *