उपचारमा ग्रान्डीको गम्भीर त्रुटि : मेडिकल काउन्सिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल मेडिकल काउन्सिलले सञ्जीव न्यौपाने र एकता घिमिरेको बच्चाको उपचारका क्रममा ग्रान्डी इन्टरनेसनल अस्पतालले गम्भीर त्रुटि गरेको ठहर गरेको छ।

प्राध्यापक डाक्टर गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीको प्रतिवेदनका आधारमा काउन्सिलले उपचारमा संलग्न चिकित्सक र अस्पताललाई उक्त त्रुटिबारे स्पष्टिकरण माग गरेको छ।

२०७५ असार १२ गते एकताको शल्यक्रिया गरी बच्चा जन्मिएको थियो। बच्चा जन्मेको आधा घन्टामै उसलाई नियोनेटल इन्टेन्सिभ केयर युनिट एनआइसियू मा राखियो। पछि भेन्टिलेटरमा राख्दा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियलाु ब्याक्टेरियाको संक्रमण भयो। बच्चाको अवस्था बिग्रँदै गएपछि पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरियो। झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले गत वैशाखमा मात्रै अस्पतालबाहिरबाट आफ्नो बच्चा निको हुन नसक्ने थाहा पाएका थिए।

त्यसपछि सञ्जीवले आफूलाई अस्पताल र डाक्टरहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका थिए।

उनको उजुरीमाथि छानबिन गर्दै काउन्सिलले अस्पतालबाट मुख्य तीन गल्ती भएको देखाएको छ।पहिलो, उपचारको क्रममा बच्चालाई प्यारासिटामोल ओभरडोज भएको छ।

दोस्रो, अल्ट्रा साउन्ड गर्दा बच्चाको मस्तिष्कमा देखिएको हाइड्रोसेफालसको आकारबारे रेडियोलोजिस्ट र न्युरो सर्जनको बुझाइमा फरक देखिएको र यसबारे बिरामी पक्षलाई बुझाइएन।

तेस्रो, मस्तिष्कको अल्ट्रासाउन्डपछि रेडियोलोजिस्टको सुझावअनुसार सिटी स्क्यान अथवा एमआरआई गर्न ढिलाइ भएको छ।

‘उपचारको क्रममा विभिन्न चिकित्सकहरूको टिमबाट धेरै कमीकमजोरी भएको देखियो,’ काउन्सिलको निष्कर्ष छ,‘विशेष गरी नवजात शिशुलाई उपचारमा अत्याधिक मात्रामा एकै पटक प्यारासिटामोल औषधी दिनु गम्भीर त्रुटि देखियो।

उपचारको यो अवस्थाहरूको बीचमा पटक(पटक टाउकोको शल्यक्रिया भएको बिरामी पक्षले उपचारप्रति आशा जगाएर बसेको तर बिरामीको अवस्था अत्यन्तै नाजुक हुँदै जाँदा पनि बिरामी पक्षसँग उचित परामर्श र सहमति नलिई छैठौं पटक शल्यक्रियाको तयारी गरेकोबाट अस्पतालले मानवीय संवेदनशीलता पनि नदेखाएको काउन्सिलले उल्लेख गरेको छ।

चिकित्सक र अस्पतालको यस्तो कार्य काउन्सिलको आचार संहिता विपरित भएकाले उपचारमा संलग्न न्युरो सर्जन र बाल रोग चिकित्सक टिमलाई नियमअनुसार कारबाही सिफारिस गर्नु पर्ने देखिएको काउन्सिल जनाएको छ। कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित चिकित्सकहरूलाई काउन्सिलले स्पष्टिकरण सोधेको छ।

साथै उपचारको क्रममा प्रशस्त प्रशासनिक एंव व्यवस्थापकीय कमीकमजोरी देखिएकाले अस्पताल व्यवस्थापनलाई समेत स्पष्टिकरण सोध्ने काउन्सिलले निर्णय गरेको छ।सेताेपाटिमा समाचार छ |

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *