उन्नतजातको ओखरको खेती यसरी गर्न सकिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

के तपाईको बारीमा ओखरको बोट लगाउने सोचमा हुनुहुन्छ आउनुस हामी तपाईको खाली रहेको बारीको पाटोहरुमा कसरी ओखरको बोट लगाएर राम्रो आम्दानी लीन सकिन्छ त्यससंग सम्बन्धीत जानकारी दिने छौ ।

साधारणतया ओखरको बोट जंगली एकदमै ठुलो हुने गर्छ र त्यसलाई हाम्रो चलन चल्तीको भाषामा हाडे ओखर भनेर चिनिन्छ भने अर्को दाते ओखर हो जसलाई दातले सजिलै फोड्न सकिन्छ र यो नरम हुनुकासाथै भित्रको गुदी हाडेको तुलनामा एकदमै धेरै हुन्छ । दाते ओखरको माग विश्व बजारमा अत्याधिक रहेको हुन्छ ।यसको बिरुवा तपाईहाम्रो बारीको पाटोमै सजिलै लगाउन सकिन्छ । यसको विरुवा हाडे जती ठूलो हुदैन । यसका साथै आजभोजी दाते ओखरको हाईब्रिट विरुवा समेत उत्पादन हुन थालेको छ ।

सामान्यतया ओखरको बोटको आयु सरदर २०० बर्ष हुन्छ,ओखरको एक बयस्क रुखले १०० देखी २०० केजी सम्म फल दिनसक्छ ।

खेती प्रबिधी
नेपालमा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ भने होखरको बोटका प्रजाती अनुसार
७ देखी १० मिटरको फरकमा यसको रुख लगाउन सकिन्छ ।
यो बिरुवा १ रोपनिमा १० – १५ ओटा लगाउन सकिन्छ । यसरी लगाएको विरुवाले सामान्यतया ५,६ वर्षमा उत्पादन दिन सुरु गर्छ ।

लगाउने विधि
२ फीटको खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया विरुवालाइ रोप्ने
बर्षादको समयमा पानीको राम्रो व्यवस्थाहुने हुदा सजीलै लगाउन सकिन्छ भने हिउदमा पनि राम्रो संग लगाउन सकिन्छ ।
स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु पर्दैन ।

ओखरका फाईदाहरु अनगिन्ती भएकोहुनाले बजारमा यसको माग अत्याधीक रहेको हुन्छ । यसका फाईदाहरु
क्यान्सर रोगा सँग लड्ने क्षमताको बिकास हुन्छ ।
मुटु स्वास्थ्य राख्न मद्यत गर्छ ।
शरिर मजबुत बनाउनमा मद्दत पुर्याउछ ।
तौल घटाउन मद्दत गर्छ ।
मस्तिस्कलाई तेजिलो बनाउन सहयोग पुर्याउछ ।
साथै यसको तेलपनी उत्पादन गरिनेहुदा तेलका विविध फाईदाहरु रहेको हुन्छ ।

बजार
बिश्व बजारमा ओखरको माग अत्याधिक छ
नेपाली बजारमा ओखर प्रती किलो ६००देखी ७०० सम्ममा बिक्री हुन्छ
ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्ता सम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ ।
आजभोली बजारमा पाईने चाईनाबाट आयातीत दाते ओखरलाई जुम्लाको भनेर विक्री वितरण गरिएको पाइन्छ भने तपाई हाम्रो बारीको खेर गैरहेको जमीनलाई समयमै उपयो गर्न सके यसबाट राम्रै आम्दानी लिन सकिन्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *