उद्योगी ब्यवसायिका समस्यामा ध्यान दिनेछौ : प्रचण्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शान्ति संबृद्व उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार भन्ने नाराका साथ मंगलवनर वाट सुरू भएको पश्चिम नवलपरासीको परासीमा सन्चालित छैठौ नवलपरासी औद्योगीक व्यापार मेला २०७६को नेकपाका अध्यक्ष पुस्पकमल दाहालले मेलनको उदघाटन गर्दै उद्योगी ब्यवसायीको समस्या प्रति आफुले ध्यान दिने वताए । मेला महोत्सवले आर्थिक विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने वताए ।

अध्यक्ष प्रचण्डले महेशपुर भन्सारको विकास स्तरउन्नतिको लागि वजेट व्यवस्था गर्न अर्थमन्त्रीलाई ध्यान आकर्षण गराउनु भएको थियो ।सोही अवसरमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले नवलपरासीको महेसपुर भन्सारलालाई ब्यवस्थित गर्ने ,औद्दोगिक ग्राम स्थापनामा जोड दिने वताए

नेपाल उद्योग बाणिज्य महनसघका बरिस्ठ उपाध्यक्ष शेखर गोल्छाले नबलपरासीमा राम्रो औधोगिक विकासको सम्भाजना रहेको वताए ।कार्यक्रमका बक्ताले कर उद्योगी ब्यापामैत्रि नभएको वताए। उनिहरूले उद्योग संचालनका लागि बिद्धुत जग्गा र उद्योग मैत्री नीति नियम हुन नसकेको गुनासो गरेका थिए ।

पर्यटकीय स्थलको प्रचार प्रसार र स्थानिय उत्पादनको प्रचार प्रसार गर्ने उदेख्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष केशब भण्डारीले जानकारी दिए।
महोत्सवमा कृषी , पर्यटन , व्यापार , सुचना प्रविधी अटोमोवाईल्यस , गरी बिभिन्न ३०० वटा स्थलहरु रहने छन् । मंसीर १५ गतेसम्म चल्ने महोत्सवको करिब एक लाख दर्शकले अवोकन गर्ने र करिब ५ करोड बराबरको आर्थिक करोबार हुने लक्ष्य लिईएको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा गौत्तमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीको धार्मिक एवंम् प्रमुख पर्यटकीय स्थल“ रामग्राम स्तूप” को पूर्ण स्वरुपको नमुना रहकोे छ ।
यस्ता महत्सवले पर्यटकीय स्थलको प्रबद्र्धन साथै स्थानिय व्यापार प्रबद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।उद्योग बाणीज्य महासंघ प्रदेश न। ५का अध्यक्ष गुणनिधि तिवारीले बताउनुभयो ।

शान्ती समृद्ध उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार भन्ने नाराका साथ आयोजीत महोत्सवले पक्कैपनि यस क्षेत्रको स्थानिय व्यापार र पर्यटकीय स्थलको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।कार्यक्रममा सासद देवेन्द्रराज कडेल, उद्योगी चण्डीराज ढकाल , मेयर नरेन्द्र गुप्ता लगायतले वोल्दै उद्योग व्यापार र नवलपरासीको बिकासमा सरोकारवाला निकायको ध्यानजान पर्ने वताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *