उदयुरमा आगलागी हुदा दुइ घर र एक चर्च जलेर नष्ट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडाको सगरमाथा विकास टोलमा आज दुई घर र एक चर्च भवनमा आगजनी हुँदा करिब ५ लाख बराबरको क्षती भएको छ ।
स्थानीय दानबहादुर परियार, मनकुमारी राईको घर र एक चर्च भवनमा आगजनी हुँदा सो क्षती भएको हो । प्रहरीले दिएको जानकारी अनुसार दानबहादुरको घरबाट सुरु भएको आगो मनकुमारीको घर हुँदै चर्चमा पुगेको थियो । बाँसको टाटी र टिनको छानो रहेको दुई घर र सोही किसिमले बनेको चर्च भवनमा आगजनी हुँदा घरभित्र रहेका लत्ताकपडा, भाँडाकुडा, अन्नपात जलेर पूर्णरुपमा क्षती भएको छ भने चर्चभित्रको सामानहरु पनि पूर्णरुपले जलेर क्षती भएको छ । प्रहरीको प्रारभ्भिक अनुमानको आधारमा त्यहाँ करिब पाँचलाख बराबरको घर क्षती भएको छ ।

आगलागीको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षाटोली पुगेर नियन्त्रणमा खटेका थिए भने त्रियुगा नगरपालिकाको दमकल पुगेको थियो । प्रहरी, दमकल र स्थानीयको करिब १ घण्टाको प्रघरयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणपछि अन्य घरहरु आगलागी हुनबाट जोगिएको थियो । सामान्यरुपमा सुरु भएको आगोले घरभित्रको ग्याँसको सिलिण्डर पड्किएपछि ठूलो मात्रामा फैलिएको थियो । विद्युत सर्ट भई आगजनी भएको पिडितले जनाएका छन् । ज्याला मजदुरीको काम गर्ने दानबहादुर र मनकुमारीको परिवार आगजनीपछि विचल्लीमा परेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *