उदयपुरमा भएकोसडक दुर्घटनामा एक युवाको मृत्यु एक घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुरको जलजले–मुर्कुची सडकखण्डको चुहाडेमा बुधबार सडक दुर्घटनामा एक युवाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

तिब्रगतिमा कुदेको स २ प ८७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा लड्दा सिरहाको सुखिपुर नगरपालिका ७ का ३० वर्षिय अभिनान ठाकुरको ज्यान गएको हो । मोटरसाईकलको पछाडि सवार ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो । मोटरसाईकल चालक सिरहाकै लहान नगरपालिका १७ का ३० वर्षिय दुर्गानन्द विश्वकर्मा घाइते भएका छन् । उनीहरु सिरहाबाट तिहार मनाउन उदयपुर आएको बुझिएको छ ।

प्रहरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार चुहाडेबाट जलजलेतर्फ जाने क्रममा त्रियुगा नगरपालिका ७ चुहाडेको नमुनाचौकमा मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा लडेको थियो । मोटरसाईकल लडे लगत्तै स्थानीयले उद्धारगरी गम्भिर घाइते ठाकुरलाई जिल्ला अस्पताल पुर्याए । मोटरसाईकल र चालक विश्वकर्मालाई भने अस्थायी प्रहरी चौकी चुहाडेले नियन्त्रणमा राखेको जनाइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *