उच्च अदालत पाटनले र्यापर समीर घिसिङ उर्फ भिटेनलाई पक्राउ नगर्न आदेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

उच्च अदालत पाटनले र्यापर समीर घिसिङ उर्फ भिटेनलाई पक्राउ नगर्न आदेश दिएको छ । पछिल्लो समय उनले बजारमा ल्याएको ‘पारा’ बोलको र्याप गीतमा अश्लील शब्द प्रयोग भएको भन्दै उनी विवादमा आएका छन् ।

अदालतले गीत संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको जनाउँदै पक्राउ नगर्न आदेश दिएको हो । ​भिटेनले गत कार्तिक १६ मा उच्च अदालत पाटनमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

भिटेनलाई पक्राउ नगर्न मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले साइबर ब्युरो र प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो ।

भिटेनको र्याप गीत सार्वजनिक भएसँगै गीतमा समावेश भएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनलाई पक्राउ गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

उनको सो गीत युट्युब नेपालको ट्रेन्डिङ एकमा परेको थियो । विवादमा आएपछि भिटेनले उक्त गीत ‘मेम्बर अन्ली’ बनाएर माफी मागेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *