ईन्द्रसरोवर गाउपालिका २ मा पहिरो जाँदा दुई वटा सवारी पुरिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संघिय राजधानी काठमाडौं जाने छोटोदुरीको मार्गको ईन्द्रसरोवर गाउपालिका २ मा पहिरो जाँदा दुई वटा सवारी पुरिएको छ । सवारी पुरीदा १ जनाको मृत्यू भएको छ भने २ जनाको सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

छोटो दुरीको मार्गको हेटौंडा -भिमफेदी -कुलेखानी सडकको देउराली नजिक खसेको पहिरोमा परी स्कोर्पियो र मोटरसाईकल पुरिएको ईलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।

मार्गहुदैं काठमाण्डौंबाट हेटौंडा आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो र बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल पुरिएको होे । घटनामा स्ककोेर्पियोेका चालकको पहिरोेले थिचेर मृत्यू भएको छ । उनकोे सनाखत हुन सकेको छैन ।

यस्तै मोटरसाईकलमा पुरिएका २ जना सकुशल उद्धार गरि उपचारको लागि काठमाडौं पठाएको प्ररहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।सडकको माथिल्लो भागबाट खसेको चट्टान र माटो स्कार्पियो माथि खसेको छ । सवारीको माथिल्लो मागमा चट्टान र माटोले थिचेकाले उद्दार कार्य गर्न मुस्किल भएको प्रहरीले जनाएको छ । बाटोको पहिरो पन्छाउन । उद्दारका लागि जेसिभि मगाईएको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *