इरानमा फेरि फर्कियो कोरोनाको संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एजेन्सी – इरानमा कोरोनाभाइरस संक्रमण नियन्त्रित अवस्थामा रहेको बताइरहेको वेला एकाएक संक्रमितको संख्या बढेको छ।

बुधबार मात्रै त्यहाँ १ हजार ६ सय ८० जना नयाँ संक्रमित थपिएका छन्। ११ अप्रिल (२९ चैत )यता एकैदिनमा संक्रमण देखिएको यो नै सबैभन्दा बढी संख्या हो। इरानमा संक्रमितको कुल संख्या १ लाख १ हजार ६ सय नाघेको छ।

इरानमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये त्यहाँ हालसम्म ६ हजार ४ सय १८ जनाको मृत्यु भइसकेको छ भने ८१ हजार ५ सय ८७ जना उपचारपछि घर फर्किएका छन्।

पछिल्लो चार दिनयता संक्रमणको घटना लगातार बढिरहँदा त्यहाँ कोरोनाभाइरस महामारी फेरि फर्किएको बताइएको छ। त्यहाँ भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ।

इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पछिल्लो तीन-चार दिनमा संक्रमण बढिरहेको देखिएको बताएका छन्। उनको भनाइमा मुलुकमा अति आवश्यक नपरी यात्रा गर्नेहरु बढेका कारण संक्रमणको घटना बढेको हुनसक्छ।

इरानले ११ अप्रिलदेखि लकडाउन (बन्दाबन्दी) लाई खुकुलो बनाएको थियो। जोखिम कम भएका क्षेत्रमा मस्जिदहरु खोलिएको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *