इरानमा कोरोना संक्रमणबाट मृ,त्युहुनेको सख्या २१० पुग्यो,दक्षिण कोरियामा संक्रमित बड्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा २१० जनाले ज्यान गुमाएको देशको स्वास्थ्य प्रणालीसँग आबद्ध सूत्रहरूले बीबीसी पर्सीयनलाई जानकारी दिएका छन्।

अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका छन्।यो सङ्ख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ३४ भन्दा छ गुणा बढी हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सरकारले पारदर्शी रूपमा विवरण बाहिर ल्याएको भन्दै मिथ्या सूचना फैलाइएको बताएका छन्।

हालसम्म विश्वमा ८३,००० भन्दा बढी कोभिड–१९ का सङ्‍क्रमणका घटना प्रमाणित भएका छन् र अघिल्लो वर्ष यो रोग देखिएयता २,८०० जनाको मृत्यु भइसकेको छ।

शुक्रवार अपरान्ह इरानले १४३ वटा नयाँ घटनाहरू देखा परेको भन्दै देशभर ३८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको बताएको थियो।

इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन्।

शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *