इराकस्थित अमेरिकी वेसलाई लक्षित गरी दुइ रकेट प्रहार, तनाव झन् चर्किदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अमेरिकी सेना रहेको इराकको बलादस्थित एउटा वेसमा शनिबार राती आक्रमण भएको छ। अमेरिकी फौज रहेको सो वेसमा दुईवटा रकेटबाट प्रहार भएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

ती रकेट प्रहार भएको ठाउँ बगदाददेखि ८० किलोमिटर उत्तरतर्फ रहेको अर्को समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अन्य केहि समाचार एजेन्सीहरुले त्यहाँस्थित अमेरिकी दूतावासलाई समेत लक्षित गरी ती प्रहार गरेको बताएका छन्। समाचारहरूमा त्यस प्रहारमा कुनै मानवीय क्षतिको जानकारी नआएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये एक जर्नेल कासिम सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच तनाव बढिरहेका बेला अमेरिकी सेना तैनाथ रहेको ठाउँमा प्रहार गरिएको हो।स्लेमानीको हत्या भएपछि इरानले त्यसको बदला लिने जनाएको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *