इराकमा कर्फ्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकार विरोधी प्रदर्शन चर्कदै गएपछि इराकको राजधानी बग्दादमा कफ्यु लगाईएको छ । सरकार विरोधी प्रदर्शनका क्रममा सोमबार थप पाँच जनाको मृत्यु भएपछि राजधानीमा रातीको समयमा प्रदर्शन गर्न नपाउने गरि कफ्यु लगाईएको हो ।

सोमबार प्रदर्शनकारीहरूले बग्दादको तहरीर क्षेत्र कब्जा गर्न खोजेपछि भएको झडपमा केही घाइते समेत भएका छन् । अक्टोबर एक देखि शुरू भएको सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा २ सय २० जनाको मृत्यु भैसकेको छ । अघिल्लो हप्ता भएको प्रदर्शनमा ७२ जनाको मृत्यु हुनुका साथै ३ हजार पाँच सय घाईते भएका थिए । प्रदर्शनकारीले भ्रष्टाचार अन्य, रोजगारीको ब्यवस्था र प्रशासनमा सुधारको माग गर्दै आएका छन् । प्रधानमन्त्री अदेल अब्दुल महदीले आन्दोलन चर्केपछि सुधारका कार्यक्रम ल्याउने घोषणा गरेपनि प्रदर्शन रोकिएको छैन । सरकारले मन्त्रीपरिषद हेरफेर गर्ने, उच्च तहका मानिसको तलव कटौती गर्ने,युवाहरूलाई तालिम दिने र गरिव क्षेत्रमा घर निर्माणमा अनुदान दिने घोषणा गरेको छ । प्रदर्शनकारीले भने प्रधानमन्त्री अदेलको राजीनामाको माग गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *