इन्द्रावती नदिले बगाउदा दुई दिनमा तीनजना वेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काभ्रेपलाञ्चोक जिल्लामा इन्द्रावती नदीले बगाउदा ३ जना वेपत्ता भएका छन् । काभ्रेको मण्डनदेउपूर नगरपालिका वडा नम्बर १० का १३ बर्षिय बालक अभिशेक नेपाली शुक्रबार इन्द्रावती नदीमा बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा बेपत्ता भएको र उनको खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर प्रयोग गरिएको भएपनि फेला अझै फेला परेका छैनन् ।

अभिशेक साथिहरु सँग पौडी खेल्न शुक्रवार इन्द्रावती नदीमा गएको जानकारी भएको वडा आध्यक्ष बिष्णु मनि नेपालले बताए ।

शनिबार पनि सम्फु माझि र चन्द्रबहादुर तामाङलाइ इन्द्रावती खोलाले बगाएको चौतारा साँगाचोकगढी नगरपालिका ११ का वडा अध्यक्ष सुशील माझिले बताए । उनिहरुमध्ये तामाङ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी ११ मा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए भने माझी खेतीपातीको लागि आउने गरेका थिए ।

तामाङ काभ्रे घरमा गएर सिन्धुपाल्चोक आउने क्रममा शनिबार साँझ बेपत्ता भएका हुन् । उनको झोला करिब १ किलोमिटर तल फेला परेको छ । तिनैजनाको शव अझैसम्म फेला परेको छ‌ैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *