इन्डियन प्रिमियर लिग:रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दुई टोलीविचको खेल दिउसो पौने चार बजे सुरु हुनेछ । आजको खेलमा छैटौं जित निकाल्दै बैंगलोर शिर्ष दुईमा पुग्ने प्रयासमा हुनेछ । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले अघिल्ला ८ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोरलाई हराएर राजस्थान पनि अंक तालिका सुधार गर्ने लक्ष्यमा छ ।

स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थानपनि आज चौथो जित निकाल्ने प्रयासमा हुनेछ । आठ खेलवाट छ अंक मात्रै जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा छ । लिगको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो । आजै साँझ दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किङस प्रतिस्पर्धा गर्दैछन । दुई टोलीविचको खेल सारजाहा क्रिकेट स्टेडियमा बेलुकी पौने आठ बजे हुनेछ । आठ खेलमध्ये छ मा जित निकालेको दिल्ली लिगको अंक तालिकामा दोस्रो स्थानमा र तीन खेलमा जित निकालेको चेन्नइ छैटौ स्थानमा छन । आजको खेलमा जित निकाल्दै दिल्ली शिर्ष स्थानमा पुग्ने प्रयासमा हुनेछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *