इनार सफा गर्ने क्रममा धापासीमा एक मजदुरको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौंको धापासीमा इनार सफा गर्ने क्रममा आईतवार विहान एक मजदुरको मृत्यु भएको छ । स्थानीय चन्द्र श्रेष्ठको घरमा रहेको इनार सफा गर्ने क्रममा स्थानीय ४८ वर्षीय उद्धब रायमाझीको निसासिएर ज्यान गएको हो । सुरक्षाको उपाय नअपनाइ इनारभित्र छिरेका कारण अक्सिजनको कमिले उनको मृत्यु भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

घटनापछि प्रहरीले घरधनी श्रेष्ठलाई नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ । मृतकका परिवारले भने इनारधनीको लापरवाहीले मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग गरेका छन् ।

रायमाझी धापासी क्षेत्रमा मजदुरी गरेर परिवार पाल्दै आएका मजदुर भएको बताइएको छ । सोही इनार सफा गर्ने क्रममा केही वर्षअघि पनि एक जना मजदुरको मृत्यु भएको थियो । उपत्यकाका सुरक्षाको उपाय नअपनाई इनार सफा गर्दा पटक–पटक मजदुरको मृत्यु हुने घटना हुने गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *