इनरुवा नगरपालिकामा कोरोना पोजेटिभ देखिएपछि सुनसरीको इनरुवा बजार शिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–३ का एक जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा बजार शिल गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रवार बसेको बैठकले इनरुवा बजार क्षेत्र पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको हो । कोरोना पोजेटिभ देखा परेको ब्यक्तिले इनरुवा बजारमा किनमेल गर्ने गरेको सूचनाका आधारमा बजार बन्द गरी पीसीआर परिक्षण गर्ने निर्णय गरेको छ ।

लकडाउन खुलेसँगै इनरुवमा सबै बजार पसल र यातायात सञ्चालनमा आएका छन् । कोरोनाबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गर्दै इनरुवामा माइकिङ्ग समेत गर्न थालिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *