इनरुवा क्षेत्रका ४१ जनाको पीसीआर परीक्षण,रिपोर्ट नआएसम्म बजार क्षेत्र पूर्ण रुपले बन्द रहने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ का एक जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि इनरुवाका ४१ जना सर्वसाधारणहरुको पीसीआर परीक्षण गरिएको छ । इनरुवा ३ का कोरोना पोजेटिभ देखिएका पुरुषले इनरुवाको मुख्य बजारमा रहेको न्यू दुर्गा फैन्सी स्टोरमा किनमेल गरेकोले त्यहाँका १२ जना सहित ४१ जनाको पीसीआर परीक्षण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रवार बसेको बैठकले ४१ जनाको पीसीआर गर्ने र रिपोर्ट नआएसम्म इनरुवा बजार क्षेत्र पूर्ण रुपले बन्द गर्ने निर्णय गरेपछि इनरुवा बजार बन्द भएको छ । कोरोना पोजेटिभ देखा परेको ब्यक्तिले इनरुवा बजारमा किनमेल गरेको हुनाले इनरुवा बजार बन्द गरी पीसीआर परिक्षण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिकाका, र उद्योग वाणिज्य संघ इनरुवाको सहकार्यमा इनरुवा अस्पतालमा ४१ जनाको पीसीआर परीक्षण गरिएको इनरुवा नगरपालिकाका स्वास्थ्यकर्मी सन्तोष कुमार देवले बताएका छन् ।

इनरुवामा पनि कोरोना संक्रमण फैलिन सक्ने सम्भावना भएको हुदाँ इनरुवाका सर्वसाधारण्हरुलाई पहिलो चरणमा पीसीआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछि कुनै चिन्ता नलिनुपर्ने प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताएका छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलले रिपोर्ट नआएसम्म इनरुवा लगायत आसपासका क्षेत्रमा पूर्ण रुपमा बन्द रहने बताएका छन् ।

सुनसरी क्षेत्र नम्बर २ का संघीय सांसद सीताराम मेहताले पीसीआर परीक्षण गरी कार्यक्रमको उद्घाटन गरेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह, इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाका मिश्रिलाल मेहता, नेकपाका पोष्ट कुमार नेपाल लगायतको सहभागिता रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *