•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दैं प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफुहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो । सो क्रममा विवेकशील नेपाली दलकी नेत्रृ रञ्जु दर्शनासहित ‘इनफ इज इनफ अभियानको मागमा ऐक्यवद्धता जनाउन पुगेकासहित ५० भन्दा बढिलाई नियन्त्रणामा लिएको अभियानले जनाएको छ ।

प्रहरी भने बालुवाटारमा निषेधित क्षेत्र तोेडेर प्रदर्शन गर्न लागेपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको जानकमारी दिएको छ । सरकारले यसअघि आफुहरुसंग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’का अभियान्ताहरु काठमाडौंको बसन्तपुरमा अनसन बसिरहेका छन् । यसअघि पर्याप्त मात्रामा पीसीआर परीक्षण गर्ने लगाएतका बिषयमा अभियानसंग सहमति गरेको थियो ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *