इनफ इज इनफमा राजनीती !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पिसिआर परिक्षण बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने लगाएतका इनफ इज इनफले उठाएका मागमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

शनिबार बसन्तपुरमा अनशनरत इनफ इज इनफका इशान अधिकारीइ लगायतलाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए । बर्तमान सरकारले अभियानको जायज मागलाई पुरा गर्नुपर्ने र अनसन तोडाउनुपर्ने उनले बताए । कोरोनाबाट कोहिपनि व्यक्ति मर्न नहुने भन्दै अभियानप्रति समर्थन रहेको उनको भनाई छ । उनले इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भत्र्सना गरेको उल्लेख गरे । त्यस्तै कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले इनफ इज इनफले उठाएका माग तत्काल पूरा गर्नुपर्ने धारणा राखेकाथिए ।

इनफ इज इनफले पिसिआर परीक्षणको दायरा वृद्धिलगायतका माग राखेर अभियान जारी राखेको छ । यसअघि सरकारले आफुहरुसंग गरेको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै इनफ इज इनफ अभियाले पुन अनसन सुरु गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *