इटालियन सिरी ए फुटबलमा इन्टर मिलानकोे संघर्षपूर्ण जित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा इन्टर मिलानले पर्मालाई दुई–एक गोलले पराजित गरेको हो ।

खेलमा इन्टरमिलनका लागि स्टेफन र बस्टोनीले गोल गरे । पर्माका लागि गार्भिन्हाले एक गोल गरे । खेलको अन्तिमतिर इन्टरमिलानका टोमासो बेर्नि र पर्माका जुराक कुच्काले रातो कार्ड पाएपछि दुबै टिम दश खेलाडीमा समेटिएका थिए ।

जितसँगै मिलान २८ खेलबाट ६१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा यथावत छ । पराजित पर्मा भने ३९ अंकसहित नवौं स्थानमा छ । राति नै भएको खेलमा नेपोलीले स्पाललाई तीन एक गोल अन्तरले हराएको छ । अर्को खेलमा एसी मिलानले रोमालाई दुई शुन्यले पराजित गरेको छ । सिरी ए मा युभेन्टस २८ खेलवाट ६९ अंक सहित लिगको शिर्ष स्थानमा छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *