इटहरी उपहानगरपालिकाको अत्यावश्यक काम वाहेकका सेवा तत्काललाई वन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

योजना शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि इटहरी उपहानगरपालिकाको अत्यावश्यक काम वाहेकका सेवा तत्काललाई वन्द गरिने भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल उपस्थितिमा बसेको आपतकालिन बैठकले तत्कालका लागि अत्यावश्यक सेवा वाहेकका उपमहानगरपालिकाको कामकाज बन्द गरिने भएको हो ।

सुरक्षा निकायका प्रमुख , उपमहानगरका मेयर , उपमेयर , वडाध्यक्ष र जनप्रतिनिधिहरूको आपतकालीन बैठक बसी अतिआवश्यक बाहेक सबै काम बन्द गर्ने निर्णय गरिएको हो । बैठकले उपमहानगरमा कार्यरत कर्मचारीहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरिने , थप सुरक्षा सतर्कता अपनाइने भएको छ । साथै सम्पुर्ण वडा कार्यालयहरूको काम बन्द गरिने मेयर द्धारिकलाल चौधरीले वताए उनले इटहरी क्षेत्र संवेदनशील भएको र स’रक्षा विधि अपनाएर अत्यावश्यक काम बाहेक नगर र वडा वन्द गरिने निर्णय भएको मेयर चौधरीले जानकारी दिए ।

इटहरी उपमहानगरपालिकामा सेवा दिदै आएका कर्मचारीमा कोरोना संक्रमण भेटीएकाले इटहरीमा समुदाय स्तरमा कोरोना फैलिएको हो की भन्ने अवस्था आएकोले सर्तकता अपनाउनु पर्ने अवस्था आएको इटहरी अस्पतालका आकस्मीक कक्षका इञ्चार्ज रामकुमार धमलाले वताए ।

इटहरी उपमहानगर क्षेत्रलाइ तत्काल लकडाउन नगरि सर्तकता अपनाएर व्यपार ब्यवसाय गर्न अनुरोध गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *