इङलिस प्रिमियरलिगमा आर्सनलको उत्कृष्ट सुरूवात

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा उसले नवप्रवेशी फुलहमलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको हो आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल जिसस र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे ।

लाकाजेट नयाँ सिजन प्रिमियर लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बने । डिफेन्डर ग्राबियलले डेब्यु खेलमै गोल गरेका हुन् । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलेबाट अनुबन्ध गरेको हो । जितसँगै आर्सनलले पहिलो खेलमै तीन अंक जोडेको छ । लिगमा फर्किएको फुलहमले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *