इंग्लिस प्रिमियर लिग : लेष्टरको विजयी सुरुवात

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

फरवार्ड जेमी भार्डीले पेनाल्टीमार्फत दुई गोल गरेपछि लेस्टर सिटीले प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी वेस्ट ब्रोमविच आल्बियनलाई ३-० ले पराजित गरेको छ ।

पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा लेस्टरले तीन गोल गरेको थियो । लेस्टरका लागि डेब्यु गरिरहेका तिमोथी कास्टानेले सुरुवाती अग्रता दिलाए । डेनिस प्राएटको क्रसमा कास्टानेको हेडरलाई गोलरक्षक स्याम जोन्सटनले बचाउन सकेनन् । त्यसअघि जोन्सटनले केहि सुन्दर बचाउ गर्दा लेस्टर अग्रता लिनबाट चुकेको थियो ।

खेलको ७४ औं मिनेटमा लेस्टरले पेनाल्टी प्राप्त गर्यो । काइल बार्टलीले पेनाल्टी क्षेत्रभित्र हार्भी बार्न्सलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । भार्डीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे । त्यसको दश मिनेटपछि नै लेस्टरले दोस्रो पेनाल्टी पायो । पुनस् एकपटक बार्न्सलाई रोक्ने क्रममा डारा ओसेले फल गरेपछि रेफ्रीले पेनाल्टी दिए । भार्डीले दोस्रो पेनाल्टीमा पनि गोल गर्न सफल रहे ।

खेलपछि बोल्दै फरवार्ड भार्डीले पछिल्लो सिजनको अन्त्य बिर्साउन यसले सहयोग गर्ने बताए । ‘ अघिल्लो सिजनको अन्त्य निकै नराम्रो रहयो । त्यसैले पनि यो सुरुवात हामीलाई आवश्यक थियो । यो तीन अंक निकै महत्त्वपूर्ण छ,’ उनले भने ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *