इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै ‘चन्द्रागिरी’ मा धर्ना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्थानीयले चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिका भित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन ।

चन्द्रागिरी र कीर्तिपुर नगरपालिकाका पीडितहरुले शुक्रबार चन्द्रागिरी नगरपालिकाको कार्यालयका धर्ना दिँदै त्यहाँ भित्र रहेका सबै इँट्टाभट्टा तत्काल हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन । त्यस अवसरमा उनीहरुले चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाउँदै ५ दिन भित्र त्यहाँका इँट्टाभट्टा हटाउने निर्णय कार्यान्वयनमा नल्याए नगरपालिकाविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन । क्यान्सरजस्ता घातक रोगहरु निम्त्याउने इँट्टाभट्टा हटाउने नगरपालिकाको निर्णय ५ दिन भित्र पनि कार्यान्वयनमा नआए नगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने इट्टाभट्टा पीडित संघर्ष समितिका संयोजक मुकुन्द घिमिरेले चेतावनी दिनु भयो । उहाँले सो नगरपालिकाले प्रदुषणमुक्त नगर बनाउन गरेको आफ्नै घोषणा कार्यान्वयनमा ल्याउन नचाहेकाले आफूहरु चरणवद्ध आन्दोलन गर्न बाध्य हुनु परेको पनि स्पष्ट पार्नु भयो ।

धर्ना कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष राजेन्द्र वानियाँले आफ्नो वडाबाट इँट्टाभट्टा हटाउन आफू तयार रहेको बताउनु भयो । उहाँले स्थानीयले इँट्टाभट्टा हटाएर सो ठाउँलाई धुवाधुलोमुक्त बनाउन चाहेकाले त्यसमा आफ्नो साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

यसैबीच, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले सबै वडासँग छलफल गरेर सो क्षेत्रमा रहेका सबै इँट्टाभट्टाहरु हटाउने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नगरपालिका भित्र हुने सबै प्रकारका प्रदुषण नियन्त्रण गर्न नगरपालिका तयार रहेको पनि बताउनु भयो ।

चन्द्रागिरी नगरपालिकाले आफ्नो नगरलाई प्रदुषणमुक्त बनाउने नीति तय गरेपनि कार्यान्वयनमा नगरेकोमा स्थानीयको आक्रोश छ । उनीहरुले क्यान्सरजस्ता घातक रोगसमेत निम्त्याउने भएकाले त्यस क्षेत्रबाट तत्काल इँट्टाभट्टा हटाउन माग गर्दै आन्दोलन गर्दै आएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *