आहा रारा गोण्डकप : डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस फाइनल पुग्न सफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साविक विजेता रुस्लान थ्री स्टार क्लबलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै विभागीय नेपाल पुलिस क्लब १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गर्न सफल भएको छ।

आयोजक सहारा क्लब पोखराले आयोजना गरेको क्याराभानदेखि जारी संस्करणसम्म १८ पटकको सहभागितामा ६ पटकको विजेता पुलिसले १६ औं संस्करणमा समेत थ्रीस्टारलाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।

प्यारापिटमा उल्लेख्य दर्शकमाझ भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा पाँचौ पटकसम्मको विजेता थ्रीस्टारको चुनौती पन्छाउन पुलिसका लागि नीरकुमार राईले २ र कप्तान भरत शाहले १ गोल गरेका थिए ।

खेलको ८ औं मिनेटमै कप्तान शाहले गोल गर्दै टिमलाई अग्रता दिएकोमा दोस्रो हाफको ५१ औं र ७२ औं मिनेटमा राईले २ गोल गरेका थिए । फाइनल खेल विहिबार हुदैछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *